नियम २४
लिलाम बढाबढको माध्यमबाट बिक्री गरिने
देहायको अवस्थाको सेवा प्रदायकको सम्पत्ति यस परिच्छेद बमोजिम लिलाम बढाबढको माध्यमबाट बिक्री गरिनेछः-
(क) ऐनको दफा २५ को उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त भएको विदेशी व्यक्ति वा सङ्गठित संस्थाको जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी लगानी भएको नियम ११ बमोजिम निर्धारण भएको मूल्यमा साविकको सेवा प्रदायकले लिन नचाहेको सेवा प्रदायक,
(ख) जम्मा पँजी लगानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा सङ्गठित संस्थाको लगानी भएको ऐनको दफा ३३ को उपदफा (४) बमोजिम नयाँ अनुमतिपत्र लिई सञ्चालन गर्न नचाहने सेवा प्रदायक,
(ग) नियम १८ बमोजिम प्राधिकरणले नियन्त्रणमा लिएको सेवा प्रदायक,
(घ) नियम २५ बमोजिम सेवा सञ्चालन गर्न नसक्ने भनी निवेदन दिएको सेवा प्रदायक ।